logo

सेयर बजारमा उच्च गिरावट, नेप्से ३१.९७ अंकले घट्यो

    823   पटक पढिएको


२५ मंसिर/अर्थ र व्यापार – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । आइतबार ३१.९७ अंकले घटेको नेप्से बजार १८८५.३१ विन्दुमा आएर रोकिएको थियो ।
यो १.६७ प्रतिशतको गिरावट हो । आइतबार कारोबार भएका कुल २५३ सूचीकृत धितोपत्रको २४ हजार ६४४ वटा कारोबारबाट ३५ लाख १२ शजार ८३४ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन सबै उपसूचकहरु घटेका छन् । जसमा सबैभन्दा धेरै गिरावट बैंकिङ उपसूचकको देखिएको छ । जसको असर समग्र बजारमा देखिएको छ । बैंकिङ उपसूचक २.३० प्रतिशतले घटेको छ । आइतबार सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यसको मूल्य १६९.८० रुपैयाँले बढेर १८६८ रुपैयाँ पुगेको छ । यसबाहेक समिट लघुवित्त वित्तीय संस्था, मैलुङखोला जलविद्युत कम्पनीको मूल्य क्रमशः ९.९९ र ९.५० प्रतिशतले बढेको छ ।
आइतबार सबैभन्दा धेरै गुमाउने कम्पनीमा नेडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । यस कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । पाँचथर पावर कम्पनीको ६.९७ प्रतिशतले मूल्य घट्दा नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताले ५.७४ प्रतिशतको घाटा बेहोरेका छन् ।
आइतबार शिवम् सिमेन्ट, नविल बैंक, हिमालय डिष्ट्रिलरीलगायत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।