logo

सेयर कारोबारमा पहिरो, नेप्से दुई दिनमै ६२ अंकले घट्यो

    767   पटक पढिएको


२४ कात्तिक/ अर्थ र व्यापार – पछिल्लो दुई दिनमा मात्रै नेप्से ६२.६७ अंकले घटेको छ । बुधबार ३९.१५ अंकले घटेको बजार बिहीबार थप २३.५२ अंकले घटेको हो ।
यसअघि सोमबार ६.४३ अंक र मंगलबार २.५७ अंकले बजार घटेको थियो । आइतबार भने नेप्से ४३ अंकले बढेको थियो ।
बिहीबार नेप्से १.२३ प्रतिशत अर्थात २३.५२ अंकले घटेर १८९३.७० बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स ४.१७ अंकले घटेर ३७२.३७ बिन्दुमा झरेको छ ।
बुधबार कारोबारमा आएका कूल १३ उपसमूहगत सूचकमध्ये सबै ऋणात्मक बनेका छन् । फाइनान्स सर्वाधिक २.३४ प्रतिशतले घटेको बजारमा अन्य २.३४ प्रतिशत र जलविद्युत २.०७ प्रतिशतले घटेको छ ।
ब्यापार, होटल, विकास बैंक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधनमुलक, लघुवित्त, लगानी र म्युचुअल फन्ड पनि १ प्रतिशत धेरैले घट्यो ।
बजार उच्च अंकले ऋणात्मक हुने क्रम जारी रहँदा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा २९ करोडले घटेर बुधबार १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । बुधबार १ अर्ब ४० करोड ७४ लाख रुपैयाँको कारोबार भएको थियो ।
यसदिन २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता सेयर खरिद २२ हजार ३९८ वटा संख्यामा खरिद बिक्री भएको छ । बुधबार २२३ कम्पनीको ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर खरिद २४ हजार ३८८ वटा संख्यामा खरिद बिक्री भएको थियो ।
आज कारोबार रकमका आधारमा शिवम् सिमेन्टस् अग्र स्थानमा रहेको छ । सर्वाधिक कारोबार भएको सो कम्पनीको १० करोड २२ लाख ३५ हजार रुपैयाँ बराबरको १ लाख ६२ हजार ११५ कित्ता सेयर खरिद बिक्री भएको छ ।
यस्तै नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ५८ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावर ३ करोड ३४ लाख, हिमालयन डिष्टिलरी ३ करोड ३३ लाख र रिडी पावरको ३ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गोर्खाज फाइनान्स, नबिल बैंक, एनआईसी एशिया बैंक, नेष्डो समृद्ध लघुवित्त, र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् ।

बिहीबारको बजारमा मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ३.९२ प्रतिशतले बढेर ३३१.५० रूपैयाँ पुगेको छ । यस्तै सिन्धु विकास बैंक २.७७, हिमालयन पावर पार्टनर १.७८, सिटिजन्स म्युचुअल फण्ड–२ को इकाईमूल्य १.३९ र उपकार लघुवित्तको सेयरमूल्य १.२० प्रतिशतले बढेको छ ।
आजको बजारमा अपर हेवाखोलाका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.९१ प्रतिशतले घटेर ३६४ रूपैयाँमा झरेको छ । यस्तै किसान लघुवित्तको ५.७८, पन्चकन्या माई हाइड्रोपावर ५.२५ प्रतिशत, इमर्जिङ्ग नेपाल लिमिटेड ५.२० प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग ५.२० प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर लिमिटेडको सेयरमूल्य ५.०३ प्रतिशतले घटेको छ । पाँचथर पावर, रिभर फल्स पावर, मिर्मिरे लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य साढे ४ प्रतिशत हाराहारीमा घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।