२३ कात्तिक/अर्थ र व्यापार– एनएमबिको सुलभ इन्भेष्टमेन्ट फन्ड–२ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ ।
नेप्से र एनएमबि क्यापिटलबीच बुधबार भएको सम्झौता अनुसार प्रति इकाइ १० रुपैयाँ कायम भएको १२ करोड २१ लाख इकाइ म्युचुअल फन्ड सूचीकृत भएको हो।
सूचीकृत म्युचुअल फन्डका इकाइ बिहीबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्ने छ।
दोस्रो बजारमा कारोबारका लागि नेप्सेले एनएसआइएफ–२ सिम्बल प्रदान गरेको छ। एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड –२ एनएमबि क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गत संचालित योजना हो ।
तपाईको प्रतिक्रिया