६ कात्तिक /अर्थ र व्यापार – साताको पहिलो दिन अर्थात आइतबार १४.३५ अंकले नेप्से उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार १४.३५ अंकले बढेर १८५९.४९ अंकमा बन्द भएको छ ।
आइतबार दिनभरिमा २११ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर १३ हजार ८१ पटक खरिदबिक्री हुँदा ५१ करोड ६८ लाख ६७ लाख ३ हजार ४८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज होटल तथा टुरिजम र म्युचअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ । नेप्सेको अनुसार दुई हाइड्रो कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा रु रु जल्यविद्युत र सयपत्री हाइड्रोपावर कम्पनी रहेको छ ।
तपाईको प्रतिक्रिया