२७ असोज/अर्थ र व्यापार – हिजो दोहोरो अंकले बढेको सेयर बजारको आज अन्तिम दिन बिहिबार पनि सामान्य अंकले बढेको छ ।
नेप्स परिसुचक ४ दशमलव १५ अंकले बढेर १ हजार ८ सय ७० दशमलव ६४ बिन्दुमा पुगेको हो ।
नेप्सेसँगै आज कारोबार रकममा पनि सामान्य सुधार आएको छ ।
आज २ सय २२ वटा कम्पनीको २६ लाख ९८ हजार ३ सय ४७ कित्ता सेयर कारोबार भएको छ । उता, सेन्सेटिभ तर्फ शून्य दशमलव ९५ अंकले बढेको बजार ३ सय ६७ दशमलव १५ मा पुगेर रोकिएको छ ।
सेयर मार्केट शून्य दशमलव २२ प्रतिशतले बढ्दा सेन्सेटिभ शून्य दशमलव २६ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज कुल ८२ करोड ९६ लाख ४६ हजार ९ सय २० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ भने सबैभन्दा कम सीएमएफ २ को कारोबार भएको हो ।
तपाईको प्रतिक्रिया