logo

२७ अंकले घट्यो नेप्से

    617   पटक पढिएको

२४ असोज/अर्थ र व्यापार – सेयर बजारको परिसूचक नेप्से सोमबार २७.१६ अंकले घटेको छ । सो अंकको गिरावटपछि परिसूचक १८७१ अंकमा झरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार कारोबार रकम भने आइतबारको तुलनामा केही बढेको छ ।
सोमबार कुल ९७ करोड १७ लाख रुपैयाँको कारोबार भएको थियो । आइतबार ८३ करोडको कारोबार भएको थियो । १९ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने २ को स्थिर रह्यो । बैंकिङ १५, विकास बैंक ९१, फाइनान्स ३७, होटल तथा पर्यटन ४५, जलविद्युत् ४३, जीवन बीमा ७१, उत्पादन ४१, माइक्रोफाइनान्स ७३, निर्जीवन बीमा ११४, अन्य १८ र ब्यापार उपसमूह ९ अंक घटेको थियो ।
अभियान लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो भने सिभिल लघुवित्तको सबैभन्दा धेरै ६ प्रतिशत घटेको थियो । कारोबार रकमका आधारमा हिमालयन एभरेस्ट इन्स्योरेन्स (संस्थापक), नेपाल इन्स्योरेन्स (संस्थापक), नबिल बैंक, हिमालयन डिस्टिलरी र लुम्बिनी विकास बैंक क्रमशः अघि रहेका थिए । अहिले सेयर बजारको पुँजीकरण २६ खर्ब ८९ अर्ब कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।