logo

त्रिशूली जलविद्युत् कम्पनीको आईपीओ भर्न सुरु

    880   पटक पढिएको


६ असोज/अर्थ र व्यापार – त्रिशूली जलविद्युत् कम्पनीको आईपीओको बाँकी रकम ७ हजार ९ सय ७४ जनाले चुक्ता गरेका छन् । त्रिशूली जलविद्युत कम्पनीले मंगलबारदेखि आफ्ना सेयरधनीलाई चुक्ता हुन बाँकी रकम जम्मा गर्न आग्रह गरेको थियो ।
पहिलो दिन ७ हजार ९ सय ७४ जनाले १ लाख ८६ हजार ३ सय ९३ कित्ता सेयरको रकम चुक्ता गरेका छन् । पहिलो दिन सेयरधनीबाट १ करोड ६२ लाख १६ हजार १ सय ९१ रुपैयाँ प्राप्त भएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
त्रिशूलीको आईपीओ २०७५ चैत ७ गते खुलेको थियो । त्यस बेला, कम्पनीले जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
सेयरधनीलाई कात्तिक १७ गतेसम्ममा सो रकम भुक्तानी गर्न आग्रह गरेको छ । ९० रुपैयाँमध्ये सेयरधनीले प्रतिकित्ता ८७ रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ । रकम बुझाउने अन्तिम मितिसम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज प्राप्त हुने भएकोले ८७ रुपैयाँ बुझाए हुने कम्पनीले जनाएको छ । सो आयोजनाका लागि आवेदकले यसअघि नै १० रुपैयाँ बुझाइ सेयर बुकिङ गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।