१२ भदौ/अर्थ र व्यापार – पिपुल्स पावरको आइपीओ आइतबार बाँडफाँट भएको छ। बिक्री प्रवन्धक प्रभु क्यापिटलको कार्यालय, कमलादीमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत २ लाख २९ हजार ४ सय ६८ जनाले १० कित्ताको दरले २२ लाख ९४ हजार ६८० कित्ता सेयर पाएका छन् ।
जसमध्ये दुई जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।
कम्पनीको आइपिओमा कुल १५ लाख ५६ हजार ५२५ जनाले आवेदन दिएकोमा ५ हजार १ सय १२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
तपाईको प्रतिक्रिया