१२ भदौ/अर्थ र व्यापार – नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले राधि विद्युत कम्पनीको मूल्य समायोजन गरेको छ । कम्पनीले प्रस्ताव गरेको हकप्रदका आधारमा नेप्सेले राधिको सेयरमूल्य समायोजन गरेको हो।
बुक क्लोजभन्दा अघिल्लो दिन कायम अन्तिम कारोबार मूल्य ५४९ रुपैयाँ समायोजन भएको छ । समायोजन पछि राधिको प्रतिकित्ता मूल्य २८१.४० रुपैयाँ पुगेको छ ।
आइतबार (अबको केही क्षणमा ) राधिको विद्युतको २८१ रुपैयाँ ४० पैसामा कारोबार खुल्दै छ ।
कम्पनीले सेयरधनीका लागि १ः१.४७५२ को अनुपात अर्थात १ कित्ता सेयर बराबर १.४७ कित्ता सेयरका दरले सेयर निष्कासन गर्न लागेको हो ।
तपाईको प्रतिक्रिया