९ भदौ/अर्थ र व्यापार – शुक्रबारको कारोबार बन्द गराउन माग राख्दै लगानीकर्ताहरुले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण बहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् ।
बिहीबार ४ जना लगानीकर्ताहरुले मिलेर सीइओ कार्कीलाई ज्ञापन पत्र बुझाएका हुन् । अन्तर्राष्ट्रिय कानून अनुसारमा पनि विश्वमा ५ दिन मात्रै सेयर कारोबार हुने बताउँदै लगानीकर्ताहरुले शुक्रबारको कारोबार बन्द गराउन अनुरोध गरेका छन् ।
नेपाल सरकारले आइतबार सरकार मातहतका कार्यालयहरु बिदा दिने निर्णय भएसँगै सेयर बजार पनि आइतबार बन्द गरी शुक्रबार खुलाइएको थियो ।
तर पछि सरकारले आइतबार बिदा दिने निर्णय फिर्ता लिएसँगै सोही बमोजिम सेयर बजार पनि आइतबार संचालनमा आएको थियो । साथसाथै, नेप्सेले प्रत्येक शुक्रबार २ घण्टा कारोबार संचालन गरिरहेको छ ।
तपाईको प्रतिक्रिया