२४ साउन/अर्थ र व्यापार – धौलागिरी लघुवित्तको प्राथमिक सेयर (आईपीओ) को बिक्रीका लागि आवेदन खुलेको छ । कम्पनीले कुल ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेकोमा कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँट हुनेछ ।
यो आईपीओमा आगामी २९ साउनसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आफ्नो खाता रहेको बैंकको जुनसुकै शाखा तथा अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । प्रधान कार्यालय बागलुङ जिल्लामा रहेको यो लघुवित्तको आर्थिक वर्ष २०७७÷७८ सम्म प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ४४ पैसा छ ।
तपाईको प्रतिक्रिया