logo

सेयर बजारमा उकालो यात्रा कायमै,आज पनि दोहोरो अंकले बढ्यो नेप्से

    957   पटक पढिएको

१३ साउन/ अर्थ र व्यापार – सेयर बजारमा उकालो यात्रा कायमै रहेसँगै साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । शुक्रबार बजार परिसूचक नेप्से १२.९२ अंकले वृद्धि हुँदा २१४०.३९ अंकमा बन्द भएको छ ।
शुक्रबार हाइड्रोपावर, निर्जीवन बीमा र सामूहिक लगानी कोष उपसूचकमा गिरावट हुँदा अरु सबै उपसूचक बढेको छ । विकास बैंक उपसूचक ४.६१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ४.२६ प्रतिशतले वृद्धि हुँदा सामूहिक लगानी कोष उपसूचक ०.८२ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.३७ प्रतिशतले घटेको छ ।
दुई घण्टा मात्रै कारोबार हुने शुक्रबार नेप्सेमा ५१ लाख ११ हजार ३१० कित्ता सेयर किनबेच हुँदा २ अर्ब १९ करोड १६ लाख २० हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १२ करोड ८६ लाख ५० हजारको कारोबार हुँदा लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख ४ हजारको कारोबार भएको छ ।
शुक्रबार १८३ कम्पनीको सेयर कारोबार भएकोमा १०३ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ७१ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ९ कम्पनीको सेयरमूल्य स्थिर छ । मर्जरमा जाँदा सेयर कारोबार रोक्का रहेको रिलायन्स लाइफको सेयर शुक्रबार कारोबार हुँदा १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।
यस्तै राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यता बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य ३.४८ प्रतिशतले गिरावट हुँदा जोशी हाइड्रोपावरको सेयरमूल्य २.५६ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।