logo

सेयर कारोबारमा उत्साह, नेप्से दोहोरो अंकले बढ्यो

    1427   पटक पढिएको


१२ साउन/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७९/८० का लागि धितोपत्र नीति सार्वजनिक गर्ने दिन बिहीबारको सेयर बजारमा उत्साह छाएको छ । लगानीकर्ताबीच पूँजिबजार मैत्री नीतिको अपेक्षाले बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । यसैगरि, कारोबार रकम पनि बढेर झण्डै ५ अर्ब रुपैयाँ पुगेको छ ।
धितोपत्र बोर्डले पुँजीबजार मैत्री नीति ल्याउने अपेक्षामा रहेका लगानीकर्ता बजार प्रवेश गर्दा सेयरको भाउ र कारोबारमा सुधार आएको हो ।
बोर्डले पुँजी बजारको विस्तार र विकासका लागि बजार सुधारसहितका कार्ययोजना ल्याउने आँकलनले सेयर बजार सकारात्मक भएर यस्तो उत्साहजनक देखिएको हो ।
बिहीबार नेप्से सूचक परिसूचक १५.४४ अंकले बढेर २१२७.४२ बिन्दुमा पुगेको छ । यसदिन ४ अर्ब ९७ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ३ अर्ब १६ करोड १४ लाख बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमा १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ३ उपसमूहको सूचक नकारात्मक देखिएको छ । विकास बैंक,फाइनान्स लगायतका उपसमूहको सूचक धेरै बढेका छन्। बिहीबारको बजारमा कारोबार आएका कम्पनीमध्ये १२५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४६ वटाको घटेको छ ।
९ कम्पनीको स्थिर रहेको छ । बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक र हिमालयन पावर पार्टनरको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।
यसैगरि, राधी विद्युत कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको सेयरमूल्य करिब ४ प्रतिशतले घटेको हो । अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै करिब १८ करोडको सेयर किनबेच भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।