१० असार/अर्थ र व्यापार – साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजार खुलेको शुरुमा ४० अंकले घटेको सेयर बन्द हुँदा नाटकीय सुधार आएको थियो ।
दुई घण्टाको लागि खुलेको बजार शुरुमा ४० अंकले घटे पनि दोश्रो घण्टामा नाटकीय सुधार भएर बन्द भएको थियो । शुक्रवार १३.७८ अंकले बढेर नेप्से १८६२.०६ विन्दुमा पुगेको थियो ।
२२३ कम्पनीको ३५ लाख ४१ हजार कित्ता शेयर २२ हजार ८७४ पटक कारोबार हुँदा कुल कारोबार रकम भने १ अर्ब १५ करोड १२ लाख भएको थियो ।
कारोबारमा आएका १३ उपसमुहमध्ये म्युचअल फन्ड बाहेक सबै उपसमूहमा हरियाली थियो । ङ्यादी हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लागेको थियो । यस दिन सबैभन्दा धेरै गुमाउने कम्पनीमा आँधिखोला लघुवित्त कम्पनीका लगानीकर्ता रहेका छन । यो कम्पनीको शेयरमूल्य ७.८८ प्रतिशतले घटेको थियो ।
तपाईको प्रतिक्रिया