२ असार/अर्थ र व्यापार – बुधवार नेपाल स्टक एक्सचेन्ज ( नेप्से) मा रिभर फल्स पावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । सो कम्पनीको ७० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस कम्पनीको शेयर कारोबार आज (बिहिबार) देखि कारोबारमा आएको छ । नेप्सेले यस कम्पनीको पहिलो शेयर कारोबारको लागि ओपन रेञ्ज ८७ दशलमव ९८ रुपैयाँदेखि २६३ दशलमव ९४ तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले यस कम्पनीको प्रतिशेयर नेटवर्थको तिनगुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
यस कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयवासीका लागि निष्कासन गरेको ७ लाख कित्ता, सर्वसाधारणकालागि निष्कासन गरेको २७ लाख ३० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ३५ लाख ७० हजार कित्ता गरी कुल ७० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । यसैग।िर, यो कम्पनीले सूचीकरण पछि दिनुपर्ने आरटिएस सेवा प्रभु क्यापिटल लिमिटेडबाट हुने पनि सो कम्पनीले जानकारी गराएको छ ।
तपाईको प्रतिक्रिया