logo

रिभर फल्स पावरको आईपीओ आज दिउँसो ४ बजे बाँडफाँट हुँदै, भाग्यमानीले मात्रै १० कित्ता पाउने

    698   पटक पढिएको

९ जेठ/अर्थ र व्यापार – रिभर फल्स पावर लिमिटेडको आईपीओ आज दिउँसो ४ बजे बाँडफाँट गरिने भएको छ । कम्पनीको आईपीओ आज (सोमबार) ४ बजे क्यापिटलको कार्यालयमा बाँडफाँट गरिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले गत २८ बैशाखदेखि ४ जेठसम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँदर अंकित मूल्यका २७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।
जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १८ लाख ५० हजार २७७ जना आवेदकले २ करोड १२ लाख ५९ हजार ५७० कित्ता शेयरका लागि २ अर्ब १२ करोड ५९ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिने छ । १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख ५३ हजार ८९० जनाले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । बाँकी आवेदकको भने हात रित्तो हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

भ्रष्टाचारको छानबिनमा आयोगलाई सरकारको पूर्ण सहयोग रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।