६ बेशाख/अर्थ र व्यापार – मंगलबार नेप्से परिसूचक सामान्य बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १३.३७ अंकले बढेर २३५७.२४ अंकमा रोकिएको छ ।
आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज २२९ कम्पनीको ३२ लाख १३ हजार कित्ता सेयर एक अर्ब ३२ करोड बराबरको करोबार भएको छ । कारोबार रकम सोमबारको तुलनामा करिब २१ करोडले घटेको हो ।
साताको तेस्रो दिन मंगलबार १२५ कम्पनीको सेयर मूल्य बढ्दा ५१ कम्पनीको घटेको हो । आज पनि नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य ८.८२ प्रतिशतले घटेको छ । त्यस्तै आजदेखि दोस्रो बजारमा आएको ग्रिन भेन्चरको सेयर पनि १० प्रतिशतले नै वृद्धि भएको छ ।
मंगलबार सबैभन्दा बढी कारोबार गर्नेमा नबिल बैंक रहेको छ । नबिलको करिब ६ करोड ३० लाख बराबरको कारोबार भएको छ । नबिलपछि दोस्रोमा हिमालयन डिस्टिलरीको कारोबार भएको छ ।
तपाईको प्रतिक्रिया