logo

सेयर बजारमा पहिरो,चलखेल गरेर उचाल्न खोज्दा झन् घाटा

    993   पटक पढिएको

२८ चैत/अर्थ र व्यापार – विगत केही दिनदेखि अनावस्यक रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन भएको बहाना बनाएर सेयर बजारमा गरिएको चलखेलका कारण अहिले सेयर बजारमा ठुलो पहिरो गएको छ । चलखेलमा संलग्न हुनेहरुको यस्तो असफल प्रयासले हाल बजारमा निकै ठुलो पहिरो जान थालेको हो ।
गत २५ चैतमा गभर्नर अधिकारीलाई सरकारले निलम्बन गरेको खबरहरु सार्वजनिक भएपछि सामाजिक सञ्जालहरुमा सेयर बजारले सकारात्मक लय लिने प्रकारका प्रचारबाजीहरु समेत भएका थिए । निलम्वीत गभर्नर अधिकारीले सेयर कर्जामा कडाई गर्नुका साथै ४÷ १२ को सीमा तोकिएका थिए ।
राष्ट्र बैंकको यो व्यवस्थाप्रति रुष्ट रहेका लगानीकर्ताले गर्भनरको निलम्बनपछि बजारमा उछाल आउने प्रचारबाजी गरेका थिए । बजारमा चलखेल गर्नेहरु सक्रिय हुँदा सोमबार बजार खुलेको पहिलो १० मिनेटमै नेप्से ४५ अंकले बढेको थियो । सोमबार प्रि ओपनिङ्ग सेसनमा नै नेप्से ७.४५ अंकले उक्लिएको थियो । नियमित सेसनको पहिलो १० मिनेटमै ४५ अंकले बढेको बजार त्यसपछि ओरालो लाग्न थाल्यो ।
बजार बन्द हुने समयसम्म आइपुग्दा आजको उच्च बिन्दुबाट ९० अंक तल झर्न पुग्यो । चलखेल गर्नेहरुले बजार खुल्नासाथ नेप्से ह्वात्तै उचालेर सेयर बिक्रीको क्रम बढाउन थाले जसको नाकारात्मक प्रभावले झनै ठूलो पहिरो गएको छ ।
सोमबार नेप्से ४४.६४ अंकले घटेर २४१९.७१ बिन्दुमा झरेको थियो । कारोबारमा आउका अधिकांश कम्पनीको मूल्यमा गिरावट आएपछि नेप्से उच्च अंकले ऋणात्मक बनेको हो । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स ९.३८ अंकले घटेर ४५४.३७ बिन्दुमा झरेको थियो ।
सोमबार कारोबारमा आएका १९९ कम्पनीको सेयरमूल्य घट्यो भने ६ कम्पनीको सेयरमूल्य स्थीर रहेका थिए । २८ कम्पनीको भाउ मात्र बढेको थियो ।
सोमबार २३३ कम्पनीका ५० लाख ९५ हजार ८३४ कित्ता सेयर ४० हजार ५०९ संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँमा समेटिएको छ । सोमबार कारोबारमा आएका सबै उपसमुहगत सूचक ऋणात्मक बनेका थिए । अन्यको सूचक सर्वाधिक ४.६२ प्रतिशतले घट्दा जीवन बीमा ३ तथा ब्यापार, होटल, जलविद्युत, फाइनान्स, उत्पादन र लगानी सूचक पनि २ प्रतिशत अधिक घटेका थिए ।
सोही दिनको कारोबारमा नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्दा जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको थियो । नेष्डो समृद्ध लघुवित्तको अन्तिम पटक १८७० रुपैयाँ र जाल्पाको ४९१.१० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
यसैगरी, इमर्जिङ्ग नेपाल लिमिटेड र राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको थियो । इमर्जिङ्ग नेपालको सेयरमूल्य ९.९८ प्रतिशत घटेर १००१ रुपैयाँमा झर्दा राष्ट्र उत्थानको १३८०.१० रुपैयाँमा झरेको थियो ।
सोमबार नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य घटेर उच्च कारोबार भएको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९४० रुपैयाँसम्म झरेकाले लगानीकर्ताको आकर्षण बढ्दा १६ करोड ५२ लाख रुपैयाँको सेयर कारोबारमा आएको छ । यसैगरी, निफ्रा ७.२१ करोड, नबिल बै.क ६.९२ करोड, एनआईसी एशिया बैंक ६.८६ करोड, हिमालयन डिष्टिलरी ६.७८ करोड र सूर्या लाइफको ६.७८ करोडको सेयर कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।