logo

उपकार लघुवित्तले भोलिबाट आईपीओ निष्काशन गर्ने

    1185   पटक पढिएको

२४ चैत /अर्थ र व्यापार – उपकार लघुवित्तले भोलि(शुक्रबार) बाट आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रति सेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता सेयर कर्मचारीहरुको लागि छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ ।
बाँकी रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । निष्काशन बन्द छिटोमा चैत २९ गते हुनेछ भने ढिलोमा आगामी ९ वैशाखमा हुनेछ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ । सेयरको संख्या र सेयरमा पर्दै आएको आवेदन हेर्दा १० कित्ता मात्र सेयर आवेदन दिनु उपयुक्त हुने देखिन्छ ।
सो कम्पनीले आईपीओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । नेपाल धितोपत्र बोर्डले गत ७ चैतमा कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ । यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।