१७ चैत/अर्थ र व्यापार– साताको अन्तिम कारोबार बिहीबार दोहोरो अंकले घढेर सेयर बजार बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २३ दशमलव ९५ अंकले घटेर २ हजार ५ सय ४४ दशमलव ३० अंकमा झरेको छ । आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ७२ अंकले घटेको छ ।
सेयर कारोबार रकम भने २ अर्ब पनि पुगेन । आज दिनभर भएका ३७ हजार ४२९ कारोबारबाट ३७ लाख ८७ हजार ४५ कित्ता सेयर कारोबार भएका थिए । जसबाट कारोबार रकम १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँमा झरेको नेप्सेले जनाएको छ ।
तपाईको प्रतिक्रिया