logo

सेयर कारोबारमा करेक्सन, नेप्से सूचकांक र कारोबार दुबै घट्यो

    831   पटक पढिएको

४ फागुन/अर्थ र व्यापार– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यो साता कारोबारको चौथो दिन बुधबार दोहोर अंकको गिरावटसँगै बजार बन्द भएको छ । बुधबार नेप्से सूचकांक १९.८४ विन्दुले घटेर २७३४.४४ अंकमा आइपुगेको छ ।
बुधबार नेप्से ५३.३० अंकले बढेर दुई हजार सातसय ५४ दशमलब २८ विन्दुमा पुगेको थियो । त्यस्तै, नेप्से घटेसँगै कारोबार रकम भने बढ्न सकेको छैन । बुधबार ३ अर्ब २ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बुधबार ३ अर्ब २३ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा अन्यको भन्दा केहि वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा गुँरास लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन । यसैगरि, बुधबार बुद्धभूमि नेपाल हाइड्रोपावरको र मैलुङ खोला जलविद्युतको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।
यसको शेयरमूल्य पाँच प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा बुधबार सबैभन्दा बढी अपी पावर लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड १४ लाख भन्दा बढीको कारोबार भएको छ । बुधबार अधिकांश नेप्से उपसूचकांकहरुमा उच्च गिरावट देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।