logo

राष्ट्र उत्थान लघुवित्तको आइपिओकालागि आवेदन खुल्यो

    994   पटक पढिएको

४ फागुन /अर्थ र व्यापार –राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) बिक्री खुला गरेको छ । सो कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो।
त्यसमध्ये ०.५ प्रतिशत आर्थत १३ हजार कित्ता सेयर कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ७ लाख ९४ हजार ५०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लघुवित्तको अधिकृत पूँजी ५० करोड रुपैयाँ, जारी पूँजी २६ करोड रुपैयाँ र चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ ।
सर्वसाधारणलाई ८ करोड ५० रुपैयाँ बराबरको आइपिओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी २६ करोड रुपैयाँ पुग्नेछ। लघुवित्तको आइपिओमा प्रतिसेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ । लघुवित्तको आइपिओमा बुधबारदेखि आगामी १३ फागुनसम्ममा आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा माग अनुसार आवेदन नपरे आगामी १८ फागुनसम्म म्याद थप हुनेछ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था २०७५ सालको १४ असोजमा कम्पनी राजिष्टारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको कम्पनी हो।
यस कम्पनीले २०७५ सालको १६ माघमा नेपाल राष्ट्र बैंकबाट ’घ’ वर्गको वित्तीय संस्थाको रुपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी कारोबार गर्न अनुमति पाएको थियो । काभ्रेको बनेपा –१३, साँगामा मुख्य कार्यालय रहेको यस लघुवित्तले २०७५ सालको ८ फागुनदेखि औपचारीक रुपमा वित्तीय कारोबार शुरु गरेको हो। यस लघुवित्तले हाल ३६ जिल्लामा ८८ वटा शाखा कार्यालयहरू मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
लघुवित्तको आइपिओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी’ रेटिङ्ग प्रदान गरेको छ। यसले संस्थाको वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखिन्छ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार न्युनतम ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्ने परेको लघुवित्तले जनाएको छ। सोही अनुसार संस्थाले चुक्ता पूँजीको ३२.६९ प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ निष्काशन गरेर चुक्ता पूँजी २६ करोड रुपैयाँ पुराउन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।