३ फागुन/अर्थ र व्यापार – अन्तिम एक घण्टामा बजार सुधारिएसँगै मंगलबार सेयर कारोबार दोहोरो अंकले बढेको छ । आइतबार सय अंकले घटेको बजार सोमबार स्थिर रहेपनि मंगलबार भने नेप्से ५३.३० अंकले बढ्दा सबै उपसमूहमा हरियाली छाएको छ ।
नेपाल स्टक एक्चेन्ज लिमिटेट ( नेप्से) का अनुसार मंगलबार कारोबारमा आएकामध्ये १७९ कम्पनीको सेयर मूल्य बढ्दा ७ कम्पनीको सेयर मूल्य घटेको छ । विभिन्न पाँचवटा कम्पनीको मूल्यमा मंगलबार कुनै परिवर्तन आएन । दिनभरजसो झिनो अंकले बढेको बजार अन्तिम घण्टामा बढेपनि कारोबार रकममा भने सुधार भएन । मंगलबार कुल कारोबार रकम ३ अर्ब २३ करोड ३३ लाख बराबर रह्यो भने सोमबार ३ अर्ब ६८ करोड बढीको सेयर खरिद बिक्री भएको थियो ।
तपाईको प्रतिक्रिया