logo

प्रोफिट बुकिङ्गले नेप्सेमा दोहोरो अंकको करेक्शन, ७ अर्ब रुपैयाको सेयर कारोबार

    734   पटक पढिएको

९ माघ/अर्थ र व्यापार – यो साताको पहिलो कारोबार दिन आइतबार प्रोफिट बुकिङ्गले सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज ( नेप्से) का अनुसार पछिल्लो तल्लो बिन्दुमाट नेप्सेमा ३० प्रतिशतको बढोत्तरी भएपछि अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा नेप्से घटेको हो । 
गत २७ मंसिरमा नेप्से २२८१ बिन्दुमा झरेकोमा बिहीबासम्म करिब ३० प्रतिशतले बढेर २९३१ बिन्दुसम्म पुगेको थियो । साना–तिना करेक्शन बजारमा देखिएपनि बजार अझै पनि बुलिस प्रवृत्तिमै रहेको सम्बन्धीत जानकारहरुको भनाई छ ।  
आइतबार नेप्से १०.८३ अंकले घटेर २९२० दशमल ५१ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार सूचक मापक सेन्सेटिभ इन्डेक्स भने ०.०६ अंकले बढेर ५४३.८० बिन्दुमा पुगेको छ । यसदिन कुल बजार पूँजीकरण घटेर ४१ खर्ब २७ अर्ब २३ करोडमा समेटिएको छ ।
कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये पाँच बढेको छ भने आठवटा घटेको छ । अन्य र जीवन बीमा १ प्रतिशत बढीले बढ्दा फाइनान्स, होटल, ब्यापार, विकास बैंक, जलविद्युत र लगानी सूचक १ प्रतिशत बढीले घटेका छन् ।
यसदिन २३२ कम्पनीका १ करोड ४७ लाख ४ हजार २७७ कित्ता सेयर ८७ हजार ४७८ वटा संख्यामा खरीद बिक्री भएका छन् । आइतबार ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६३ रुपैयाँको सेयर कारोबार भएको छ ।
नेपाल टेलिकमको  सबैभन्दा धेरै ३२ करोड १४ लाख ५३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै अपि पावर १९.०१ करोड, एनआईसी एशिया बैंक १७.५२ करोड, शिखर इन्स्योरेन्स १७.४७ करोड र ग्लोबल आइएमई बैंकको ३६४ रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।
यसदिन वीन लघुवित्त (नेपाल सेवा र वीन लघुवित्त मर्जर भई बनेको संस्था) को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । भर्खरै मर्जर सम्पन्न भई दोस्रो बजारमा कारोबारमा आएको लघुवित्तको सेयरको माग उच्च छ भने बिक्रीकर्ता छैनन् सोही कारण कम्पनीको सेयरमूल्य बढ्दो क्रममा रहेको छ ।
यस्तै बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशत, मैलुङ्ग खोला जलविद्युतको ९.७३ प्रतिशतले मूल्य बढेको छ । भर्खरै दोस्रो बजारमा कारोबारमा आएका र थोरै सेयर जारी गरेका कारण पनि यी कम्पनीहरुको सेयरमा पनि लगानीकर्ताको आकर्षण उच्च छ ।
ग्लोबल आइएमई बैंक ६.७४, ज्योति लाइफ इन्स्योरेन्स ६.६९ प्रतिशत, सानिमा लाइफ इन्स्योरेन्स ६.४५ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसन ५.६८ प्रतिशत र रिलायन्स लाइफ इन्स्योरेन्स ४.२५, एनआईसी एशिया लघुवित्त ४.०३ प्रतिशत र नेपाल टेलिकको सेयरमूल्य ३.८४ प्रतिशतले बढेको छ ।
यसैगरि, आइतबार सामलिङ्ग पावरको सेयर लगानीकर्ताले सबैभन्दा धेरै ६.६९ प्रतिशतका दरले गुमाएका छन् । गोर्खाज फाइनान्स ५.५२, बेष्ट फाइनान्स ४.२६, प्रभु बैंक ४.११, र सांग्रिला डेभलपमेन्ट डिबेञ्चरको मूल्य ३.८९ प्रतिशतका दरले घटेको नेप्सेले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।