५ माघ /अर्थ र व्यापार – प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । बोनस समायोजनपछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०६१.७१ रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको १४.२५ प्रतिशत बोनस सेयर समायोजन गरी सो मूल्य निर्धारण गरेको हो । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता १२१३ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । सोही अन्तिम मूल्यमा बोनस समायोजन गरी मूल्य तोकिएको हो ।
कम्पनीले लाभांश र साधारण सभा प्रयोजनका लागि ५ देखि २१ माघसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोजसँगै नेप्सेले कम्पनीको सेयरमूल्यमा बोनस समायोजन गरी नयाँ मूल्य तोकेको हो । अब बुधबार समायोजित सेयरमूल्यलाई आधार मानेर सेयर कारोबार सुचारु हुनेछ ।
तपाईको प्रतिक्रिया