logo

सेयर बजारमा करेक्सन 

    927   पटक पढिएको

४ माघ /अर्थ र व्यापार – यस साताको सुरुका दुई कारोबार दिन (आइतबार र सोमबार) उकालो लागेको सेयर बजारमा मंगलबार भने केही ’करेक्सन’ देखिएको छ । यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापन गर्ने परिसूचक (नेप्से) १०.७८ अंकले घटेर २९३६.६६ बिन्दुमा ओर्लिएको छ । 
यसअघि आइतबार र सोमबार नेप्से परिसुचक क्रमशः ६९ र २०.६९ अंकले बढेर २९४७.४३ बिन्दुमा पुगेको थियो।
मंगलबार ’क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स सूचक भने १.१० अंकले बढेर ५४७.४६ बिन्दुमा उक्लिएको छ । सोमबार यस्तो सूचक ३.७० अंकले बढेर ५४६.३३ बिन्दुमा आइपुगेको थियो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार मंगलबार कूल ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्से सूचक घटे पनि साताको तेस्रोदिन मंगलबार कारोबार रकम सोमबारको तुलनामा केही बढेको छ । सोमबार कूल ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका कूल २२४ वटा कम्पनीका १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयर किनबेच भएका थिए ।  मंगलबार कारोबारमा आएको ४५ कम्पनीको सेयर मूल्य बढेको छ । यसैगरी १४१ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी तीनवटा कम्पनीको सेयर मूल्य यथावत् रहेको नेप्सेले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।