१८ पुस/अर्थ र व्यापार – अग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु भएको पहिलो दिन आइतबार सेयर कारोबार नेप्से ६० अंकले बढेको छ । सेयर कारोबार खुलेको पहिलो दिन नै नेप्से परिसुचक उच्च अंकले बढ्न पुगेको हो ।
आईतबार बजार खुलेसँगै उकालो लागेको सेयर बजार अन्तमा ६०.४१ अंकले बढ्न पुगेको छ । यो बढ्नेक्रमसँगै नेप्से परिसुचक २५८४.९१ अंकमा पुगेर अडिएको थियो ।
लगातार दोहोरो अंकले बढेको सेयर बजारमा ४ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । जसमा २४० कम्पनीको ७१ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री भएको थियो ।
बढ्दो बजारमा हिमालयन डिस्टिलरी र मध्यभोटेकोशीको सेयर मुल्यमा बढेर सर्किट लागेको थियो ।
तपाईको प्रतिक्रिया