१३ पुस /अर्थ र व्यापार – मंगलबार विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो ।
जसमध्ये महालक्ष्मी विकास बैंकको २० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ४७०.३३ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २९.५ प्रतिशत बोनसको लागि सेयर मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२००.७७ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, नेपाल हाइड्रो डेभलपर्सको पनि ७ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । प्रतिकित्ता ३९१ रुपैयाँलाई आधार मानेर गरिएको समायोजित मूल्य प्रतिकित्ता ३६५.४२ रुपैयाँ कायम भएको छ ।
यससँगै पुस १२ गतेसम्म यी तीन कम्पनीको सेयर किन्नेले गत वर्षको लाभांश पाउँने छन् भने सो दिन पछाडि किन्नले गत आवको लाभांश पाउँदैनन् ।
तपाईको प्रतिक्रिया