logo

अम्बिका पौडेल नेतृत्वको पुँजी बजार सुदृढीकरण कार्यदलद्धारा संयमित भएर कारोबार गर्न लगानीकर्तालाई आग्रह 

    1283   पटक पढिएको

२७ मंसिर/अर्थ र व्यापार – पछिल्लो समय बजार उच्च रुपमा घटिरहेको बेला लगानीकर्ताहरुको समुहले सेयर बिक्री नगर्न समग्र लगानीकर्ताहरुलाई आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति समेत रहेका अम्बिका प्रसाद पौडेलको संयोजकत्वमा गठित पुँजी बजार सुदृढीकरण बृहत कार्यदलले एक विज्ञप्ती जारी गर्दै लगानीकर्ताहरुलाई आवश्यक नपरी सेयर बिक्री नगर्न आग्रह गरेको हो ।
साथै प्रतिकुल अबस्थामा लगानीकर्ताहरुलाई संयमित भएर कारोबार गर्न समेत उक्त कार्यदलले सुझाएको छ । कार्यदलले आज एक विज्ञप्ती जारी गर्दै अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुले तीन बर्ष अघि नै गर्छ भनेका ५८ बँदेका बाँकी कामहरु पुरा नहुँदा र यसवीचमा भएका कतिपय नीतिगत परिवर्तनका कारणले पूँजी बजारमा गंभीर संकट उत्पन्न भएको उल्लेख गरेको छ ।
यो संकट समाधानका लागि हामी लगानीकर्ताहरुको तर्फबाट पटक पटक पहल हुँदा समेत सरकार र सम्बद्ध पक्षबाट सम्बोधन नभएकाले करिव ४५ खर्ब पुगेको शेयर बजारले करिब १२ खर्ब गुमाई सकेको छ भने सरकारले अरबौ राजस्व र ४७ लाख भन्दा धेरै डीम्याट खाताधारीबाट १२ खर्ब भन्दा बढी सम्पति गुमीसकेको सो कार्यदललको भनाई छ । त्यसेले यस्तो अवस्थामा संयमित भएर कारोबार गर्न आम लगानीकर्तालाई आग्रह गरिएको सो कार्यदलले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।