२३ मंसिर/अर्थ र व्यापार– आईसीएफसी फाइनान्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार आईसीएफसीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य ६३९.८२ रुपैयाँ कायम गरिएको छ । यसअघि ७०३.८० रुपैयाँ थियो । त्यसैगरी, स्वाभिमान लघुवित्तले शेयरधनीहरुलाई ३२.३० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य १९१९.८८ रुपैयाँ कायम गरिएको छ । यसअघि २५४० रुपैयाँ थियो । समायोजन गरिएको मूल्यबाट बिहीबारदेखि शेयर कारोबार शुरु भएको नेप्सेले जनाएको छ ।
तपाईको प्रतिक्रिया