logo

झन्डै साढे ७ महिनायताकै न्यून विन्दुमा नेप्से

    978   पटक पढिएको

२१ मंसिर/ अर्थ र व्यापार – मंगलबार नेप्से परिसूचक ओरालो लागेसँगै झन्डै साढे ७ महिना यताकै न्युन विन्दुमा पुगेको छ । यस दिन नेप्से परिसूचक ३७.१८ अंक घटेर २५०८.९० विन्दुमा झरेको छ। यस अघि २०७७ सालको २५ चैतमा नेप्से २५०६.६२ विन्दुमा बन्द भएको थियो । त्यसयता, नेप्से गत ७ कात्तिकमा २५१०.७३ विन्दुमा बन्द भएकोमा यस दिन १.४६ प्रतिशत घट्दै सोभन्दा तल बन्द भएको छ। 
मंगलबार मध्यान्हसम्म सकारात्मक रहेको बजार, त्यसपछि बिक्री चाप बढ्न थालेका कारण घट्न थालेको हो। पछिल्लो समय निरन्तरजसो घटिरहेको बजार, सोमबार बढेको थियो। सोही बढेको मौका छोपेर लगानीकर्ताहरुले आफुसँगै भएको स्टक क्लियर गर्न थालेपछि यस दिन बजारमा दबाब परेको विश्लेषकहरु बताउँछन्। यस दिन सेन्सेटिभ इण्डेक्स ६.८५ अंक, फ्लोट इण्डेक्स २.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१८ अंक घटेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन साढे ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३१ कम्पनीको ४९ हजार ७४१ पटकको कारोबारमा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार रुपैयाँ बराबरको ८३ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.८२ प्रतिशत बढेको छ। घटेका उपसमूहमध्ये यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन प्राइम कमर्सियल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन महालक्ष्मी विकास बैंक, आइसीएफसी फाइनान्स र अपि पावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
यस दिन मूल्य बढेका कम्पनीहरुको सूचीमा अधिकांश म्युचुअल फण्डहरु रहेका छन्। मूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमा ७ वटा म्युचुअल फण्डहरु रहेका छन्। जसमध्ये सिटिजन्स म्युचुअल फण्ड २ र लक्ष्मी म्युचुअल फण्डको इकाईमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको आईसीएफसी फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक ७.६५ प्रतिशत घटेको छ । त्यसैगरी, यस दिन कालिका माइक्रोफाइनान्स र सिनर्जी पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।