१९ मंसिर/अर्थ र व्यापार – रिलायन्स लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नियामक निकाय बीमा समितिले इन्स्योरेन्सको ५.२६३२ प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । समितिको स्वीकृतिसँगै कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
इन्स्योरेन्सको वार्षिक साधारणसभा आगामी १ पुसमा काठमाडौंको शंखमुलस्थित अनमोल बैंङक्वेटमा हुँदै छ । सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी २६ मंसिरमा एक दिन बुक क्लोज गर्दै छ ।
यसैगरि, सो साधारण सभाले सञ्चालक समितिमा साधारण सेयरधनी समूहबाट प्रतिनिधत्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने लगायतका विभिन्न प्रस्तावलाई पारित गर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया