logo

धितोपत्र बोर्डको अध्यक्षका लागि ११ जनाले दिए आवेदन

सिफारिस समितिले प्रतिस्पर्धी मध्ये कम्तिमा तीनजनाको नाम सिफारिस गर्ने, त्यसपछि मन्त्रिपरिषदको बैठकले एकजना छानेर नियुक्ति गर्ने    

    1067   पटक पढिएको

२५ कात्तिक /अर्थ र व्यापार – पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको रिक्त नयाँ अध्यक्ष हुनकालागि अहिलेसम्म ११ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का पूर्व सीईओ सिताराम थपलिया सहित ११ जनाले आवेदन दिएका हुन् ।
आगामी नयाँ अध्यक्षकालागि आवेदन दिनेमा बोर्डका कार्यकारी निर्देशन निरज गिरी र उप कार्यकारी निर्देशक डा.नवराज अधिकारी रहेका छन् । यसैगरि, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, कर्मचारी संचय कोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्य, नेप्सेका पूर्वसीईओ सिताराम थपलिया र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईले बोर्डको आगामी अध्यक्षकालागि आवेदन पेश गरेका छन् ।
त्यसैगरी, डा. केशव प्रसाद श्रेष्ठ, अनिल पौडेल, रमेश हमाल, जीवन अमगाई र कृष्ण आचार्यहरुले पनि बोर्डको अध्यक्षकालागि आवेदन दर्ता गरेका हुन् ।
अर्थ मन्त्रालयले यसअघि नै बोर्डको आगामी नयाँ अध्यक्ष नियुक्तिकालागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गरिसकेको छ । सो समितिले आवेदन दिएका मध्ये कम्तिमा ३ जना आवेदकको नाम छनोट गरि सिफारिस गर्ने छ । त्यसपछि मन्त्रिपरिषदको बैठकले छनोटमा परेका आवेदक मध्ये एक जनालाई नियुक्त गर्ने प्रक्रिया रहेको अर्थ मन्त्रालयले जनाएको छ । हाल बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक रिक्त रहेका छन ।   

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।