१४ कत्तिक /अर्थ र व्यापार – साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ५५ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ५५ दशमलव २५ अंकले बढेर २ हजार ८ सय ३७ दशमलव ३६ अंकमा पुगेको छ । आइतबार शेयर कारोबार रकम समेत ८ अर्ब नजिक पुगेको छ ।
दिनभर भएका ८१ हजार ९ सय ३५ कारोबारबाट २ सय ३२ कम्पनीका १ करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता शेयर किनबेच भएका थिए । जसबाट कारोबार रकम ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रुपैयाँ पुगेको छ । नेप्से परिसूचक र शेयर कारोबार रकम दुवै बढेर दशैं पछिको नयाँ रेकर्ड कायम गरेको हो ।
तपाईको प्रतिक्रिया