८ कात्तिक / अर्थ र व्यापार – सोमबारको सेयर बजार ८४.९० अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि उकालोको बाटो तय गरेको नेप्से परिसूचक अन्त्यमा ६७२ दशमलव २५ अंकमा आएर बन्द भएको थियो ।
सोमबार दिनभर विभिन्न १७ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ जसमा मेरो लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी गुमाएको छ भने सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको १६ करोड २५ लाख रुपैयाँ बराबरको सेयर खरिद विक्री भएका छन । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार विभिन्न २२९ वटा कम्पनीको ४ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
तपाईको प्रतिक्रिया