८ कात्तिक / अर्थ र व्यापार – बोनस शेयर पछि दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार कुमारी बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको हो ।
यसैक्रममा, कुमारी बैंकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य २६४.१५ रुपैयाँ कायम गरिएको छ । यसअघि २८० रुपैयाँ थियो । यता गुराँस लघुवित्तले १६.९० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य १३४८.०९ रुपैयाँ कायम गरिएको छ । यसअघि १५७६ रुपैयाँ थियो । समायोजन गरिएको मूल्यबाट सोमबार देखि नै शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।
तपाईको प्रतिक्रिया