logo

सामलिङ्ग पावरको सेयर आवेदन खुल्ला, २० हजार कित्तासम्म आवेदन दिन सकिने

    1003   पटक पढिएको

४ कात्तिक / अर्थ र व्यापार – ऊर्जा डेभलपर्सको सहायक कम्पनी सामलिङ्ग पावर कम्पनीको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले इलाममा सञ्चालित ९.५२ मेगावाटको माईबेनी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर भर्न बिहीबारदेखि आवेदन खुल्ला गरेको हो ।
प्रति सेयर एकसय रुपैयाँमा अंकित ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता सेयर निष्कासन गरिएको सो कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निस्कासन भएको सेयरमध्ये २ प्रतिशत अर्थात १४ लाख ६० हजार रुपैयाँ बराबरको १४ हजार ६ सय कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।
यसैगरि, ५ प्रतिशत अर्थात ३६ लाख ५० हजार रुपैयाँ बराबरको ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी ७  लाख ७८ हजार ९  सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले छिटोमा आगामी ९ कात्तिकसम्म र ढिलोमा आगामी १८ कात्तिकसम्म आवेदन दिन सक्ने सो कम्पनीले जनाएको छ ।
यस कम्पनीको सेयर निष्कासन तथा बाँडफाँड गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । यो कम्पनीले यसअघि पनि पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले निर्माण सम्पन्न गरेको माइबेनीले विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको विद्युत गत २२ भदामा केन्द्रिय प्रशारण प्रणालीमा जोडिएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।