२७ भाद्र/ अर्थ र व्यापार– नेपाल ल्युव आयल लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आगामी १८ असोजमा वार्षिक साधारण सभा आयोजना गर्दैछ । सो लाभांशको प्रस्ताव साधारण सभामा पेश गरिनेछ । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयरधनीलाई सो लाभांश दिन लागेको हो । यसैगरि, यस कम्पनीले लाभांश वितरण गर्नका लागि सेयर दाखिला आगामी ५ देखि १८ असोजसम्म कारोबार बन्द रहने समेत जनाएको छ ।
तपाईको प्रतिक्रिया