२७ भाद्र/ अर्थ र व्यापार– साताको पहिलो कारोबार दिन आइतबारको प्रि–ओपनिङमा सेयर बजार इन्डेक्स नेप्से परिसूचक ११.५१ अंकले बढेको छ । आइतबार बिहानको प्रि–ओपनिङमा ३९ वटा कम्पनीको कारोबार भएको थियो । जसमा ३५ वटा कम्पनीको सेयर मूल्य बढेको थियो भने २ वटा कम्पनीको सेयर मूल्य घटेको थियो ।
यसैगरि, २ वटा कम्पनीको सेयर मूल्य स्थिर भएको थियो । प्रि–ओपनिङमा युनिभर्सल पावर कम्पनी, प्रभु बैंक, नेपाल रि–इन्स्योरेन्स, न्याग्दी ग्रुप पावर, नेशनल हाइड्रोपावर, सानजेन जलविद्युत्, राष्ट्रिय बीमा कम्पनी, सानिमा माइ हाइड्रोपावर, अपि पावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी लगायतका कम्पनीको सेयर मूल्य २ प्रतिशतले बढेको थियो । त्यसैगरि, खानीखोला हाइड्रोपावर र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने केही घटेको थियो ।
तपाईको प्रतिक्रिया