logo

नेप्सेमा ३४ कम्पनीको सेयर कारोबार रोक्का, १४८ वटालाई सूचीकरणबाट हटाइयो

    972   पटक पढिएको

 

२३ भाद्र /अर्थ र व्यापार –  पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ताको आकर्षण बढिरहेको बेला हाल दोश्रो बजारमा विभिन्न ३४ वटा कम्पनीको सेयर कारोबार रोक्का रहेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सूचीकृत गरेका विभिन्न कम्पनीहरु मध्ये हाल ३४ कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।
नेप्सेमा सूचीकृत कम्पनीहरु हाल १३ वटा समूहमा विभाजित भएका छन् । जसमध्ये नेप्सेले वाणिज्य बैंक, विकास बैंक, माइक्रोफाइनान्स, फाइनान्स, होटल एण्ड पर्यटन, ट्रेडिङ्ग, उत्पादनमूलक र अन्य समूह अन्तर्गतका केही कम्पनीको सेयर कारोबार रोक्का गराएको छ ।
वाणिज्य बैंक अन्तर्गतका दुई कम्पनी नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको गत ३१ बैशाखदेखि सेयर कारोबार रोकिएको छ । उनीहरु मर्जर प्रक्रियामा रहेकाले नेप्सेले उनीहरुको सेयर कारोबार रोक्का गराएको हो । यसैगरि, यी कम्पनीको एकीकृत कारोबार भएपछि मात्रै सेयर कारोबार फुकुवा हुने नेप्सेले जनाएको छ । नेप्सेका अनुसार अब यि दुई बैंकबीच एकिकृत कारोबार अगामी असोजमा मात्रै हुनेछ ।
त्यसैगरि, विकास बैंक अन्तर्गतको सहारा विकास बैंकको पनि सेयर कारोबार रोक्का भएको छ । सो बैंकको २०७७ सालको १८ असोजदेखि सेयर कारोबार रोकिएको छ । सहारालाई गरिमा विकास बैंकले एक्वायर गर्ने भएसँगै नेप्सेले सोही दिनदेखि सहाराको सेयर कारोबार रोक्का गरिदिएको हो । 
त्यस्तै, फाइनान्स समूहका विभिन्न ६ वटा कम्पनीका सेयर कारोबार रोकिएका छन् । जसमध्ये नेपाल सेयर मार्केटस्, सम्झना फाइनान्स कम्पनी, क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, क्रिष्टल फाइनान्स र हिमालयन फाइनान्स (वित्तीय संस्था) को सेयर कारोबार रोक्का भएको छ । ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५’ को विनियम २४ बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएको भन्दै नेप्सेले यी कम्पनीको सेयर कारोबारमा रोक लगाएको हो ।

त्यस्तै, सिर्जना फाइनान्स (वित्तीय संस्था)को भने सिटिजन्स बैंकले एक्वायर गरेसँगै सेयर कारोबार रोक्का भएको हो । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेसँगै गत असारदेखि एकीकृत कारोबार शुरु गरिसकेको छ ।
हाल नेप्सेले विकास बैंक समूहको एक मात्र कम्पनी सहारा विकास बैंकको सेयर कारोबार रोक्का भएको जनाएको छ । सो कम्पनीलाई गरिमा विकास बैंकले प्राप्ति गर्ने भएसँगै नेप्सेले सेयर कारोबार रोक्का गरिदिएको हो । गत १५ भदौमा सम्पन्न गरिमा विकास बैंकको विशेष साधारण सभाले सहारा विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै यी दुईबीच एकीकृत कारोबार भने हुन बाँकी छ ।
यसैगरी, हाल नेप्सेमा सूचीकृत विभिन्न ८ वटा लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले सूर्योदय, नेपाल सेवा, नाडेप, नेपाल एग्रो, आँधीखोला, घोडीघोडा, समाज लघुवित्त र वोमी माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का गरिदिएको छ । जसमध्ये वोमी माइक्रोफाइनान्स र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुँदै छन् । सो सम्बन्धी दुई संस्थाबीच गत १५ भदौमा प्रारम्भिक सम्झौता भएको थियो ।
त्यसैगरि, नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएसँगै नेपाल सेवाको सेयर कारोबार रोकिएको हो । नेप्सेले सो संस्थाको सेयर कारोबार २०७७ सालको १ पुस देखि रोक्का गरेको हो । त्यस्तै, नाडेप लघुवित्त डिप्रोक्स लघुवित्तमा विलयभएसँगै सेयर कारोबार रोकिएको हो । यस संस्थाको २०७७ सालको १६ पुसदेखि नै नेप्सेमा सेयर कारोबार रोकिएको छ ।
त्यसैगरी, नेपाल एग्रोलाई इन्फिनिटी लघुवित्तले प्राप्ति गर्ने भएसँगै संस्थाको सेयर कारोबार रोक्का भएको हो । गत २१ असारमा सम्पन्न दुबै संस्थाको छुट्टा छुट्टै साधारणसभाले उक्त प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेको हो । त्यस्तै, धौलागिरी लघुवित्तले आँधीखोला लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेसँगै आँधीखोला लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । मर्जर पछि धौलागिरी आँधीखोला लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुँदै आएको छ ।
त्यस्तै, समाज लघुवित्त स्वस्तीक लघुवित्तसँग मर्जमा जाने भएसँगै नेप्सेले समाज लघुवित्तको सेयर कारोबार रोकिदिएको हो । समाज लघुवित्तले आईपीओ सूचीकृत नगर्दै स्वस्तिकसँग मर्जमा जाने निर्णय गरेको थियो । यी दुई संस्थाबीच २०७७ सालको ५ असोजमा मर्जमा जार्ने सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।
 घोडाघोडी लघुवित्त युनिक नेपाल लघुवित्तसँग मर्जमा जाने भएसँगै सो संस्थाको २०७७ सालको २३ कात्तिकदेखि सेयर कारोबार रोकिएको छ ।
यसैगरि, होटल समूह अन्तर्गतको याक एण्ड यती होटलको पनि सेयर कारोबार रोक्का गरिदिएको छ । हाल नेप्सेले यस होटलले नविकरण शुल्क नबुझाएको भन्दै सेयर कारोबार रोक्का गरिदिएको हो ।
अन्य समूह अन्तर्गतको नेपाल फिल्म डेभलपमेन्ट कम्पनी, ट्रेडिङ्ग समूह अन्तर्गतको दुई कम्पनी नेपाल ट्रेडिङ्ग र नेपाल वेलफेयर कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।
त्यसैगरि, उत्पादनमूलक क्षेत्र अन्तर्गतका १३ वटा कम्पनीको सेयर कारोबार रोक्का भएको नेप्सेले जनाएको छ । नेप्सेमा सूचीकृत भएका नेपाल वनस्पति घि उद्योग, रघुपति जुट मिल्स, बुटवल स्पिनिङ्ग मिल्स, गोरखखाली रबर उद्योग, ज्योति साइनिङ्ग मिल्स, अरुण वनस्पति उद्योग, हरिशिद्धि ब्रिक एण्ड टाइल्स, विराट शु, नेपाल खाद्य्य उद्योग, श्री भृकुटी पल्प एण्ड पेपर, फ्लेर हिमालयन, श्रीराम सुगर मिल्स र नेपाल बिटुमिन एण्ड, ब्यारेल उद्योगको सेयर कारोबार पनि रोक्का भएको छ । यिनीहरुले ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५’ को विनियम २४ बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएको भन्दै नेप्सेले यी कम्पनीको सेयर कारोबारमा रोक लगाएको हो । उत्पादनमूलक क्षेत्र अन्तर्गतका यी १३ कम्पनीमध्ये अधिकांश कम्पनी बन्द अवस्थामा रहेका छन् ।
हाल दोश्रो बजारमा उत्पादनमूलक समूहका ६ वटा कम्पनीको मात्रै सेयर कारोबार भइरहेको छ । योसहित बजारमा हाल १८७ कम्पनीको सक्रिय रुपमा सेयर कारोबार भइरहेको छ । यसैगरी, नेप्सले हालसम्ममा कूल १४८ वटा कम्पनीलाई सूचीकरणबाट हटाइसकेको छ । जसमध्ये वाणिज्य बैंक अन्तर्गतका ५, विकास बैंकका ७९, फाइनान्सका ५४, माइक्रोफाइनान्सका ५, उत्पादनमूलकका ३, अन्य र ट्रेडिङ्ग समूहका १÷१ वटाको गरी विभिन्न समस्याका कारण कूल १४८ वटा कम्पनी डिलिस्टेड भएको (सूचीकरणबाट हटाईएको ) नेप्सेले जनाएको  छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।