logo

२६ अंकले बढेको सेयर बजारमा नयाँ रेकर्ड कायम, ११ अर्ब ५२ करोड रुपैयाँको कारोबार 

    1036   पटक पढिएको


१९ साउन/अर्थ र व्यापार– मंगलबार २६ अंकले बढेको सेयर बजारमा नयाँ रेकर्ड बनेको छ । आज नेप्से परिसूचक ३१११ अंकमा पुगेको छ । जुन अंक हालसम्मकै उच्च बिन्दु हो ।

जलविद्युत र लघुवित्त कम्पनीहरुको सेयरमा उच्च आकर्षण देखिँदा बजार सूचक उच्चतम बिन्दुमा पुगेको हो । यसअघि साउन १३ गते बुधबार नेप्से ३०९४.९४ बिन्दुको रेकर्ड कायम रहेको थियो ।

आज दिनभर ११ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । अपि पावरको सबैभन्दा धेरै ४६ करोड रुपैयाँ बराबरको कारोबार भयो भने ङादी ग्रुप पावरको ४३ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

रुरु जलविद्युत, जीवन विकास लघुवित्त, घलेम्दी हाइड्रो, पाँचथर पावर कम्पनी, युनियन लाइफ इन्स्योरेन्स, लिबर्टी इनर्जी र स्वावलम्बन लघुवित्तको मूल्य करिब १० प्रतिशतले बढेको छ । 

त्यसैगरी, अपि पावर, सिइडिबी हाइड्रो र ग्रीन लाइफ हाइड्रो मूल्य ८ प्रतिशतले बढेको छ । 

सबैभन्दा धेरै घट्नेमा युनिलिभर नेपालको मूल्य ३.७ प्रतिशतले घटेको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।