१९ साउन/अर्थ र व्यापार– आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।
दाङको घोराहीमा रजिष्ट्रार कार्यालय रहेको कम्पनीले साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त गरेकोे छ ।
आईपीओ निष्कासनको लागि कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सनराइज क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच निकट भविष्यमा साधारण शेयर निष्काशन गर्ने सम्बन्धि द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
तपाईको प्रतिक्रिया