logo

आईतबार सेयर बजारमा एक अंकको बृद्धि, जलविद्युत कम्पनीका लगानीकर्ताहरुले कमाए

    685   पटक पढिएको


१७ साउन/अर्थ र व्यापार– साताको पहिलो दिन सेयर बजारमा एक अंकको बृद्धि भएको छ । 

साताको पहिलो दिन ९ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेपनि नेप्से परिसुचक भने एक अंकले मात्रै बढेको हो ।
दुई सय २६ कम्पनी मध्ये ९२ कम्पनीको मूल्य बढेको छ भने ९२ कम्पनीकै सेयर मूल्य घटेको छ ।

आईतबार ७ वटा उपसमूहको सूचक घटेको छ । ६ वटा उपसमूहको सूचक बढेको छ । आज निर्जीवन बीमा समूह सर्वाधिक १७१ अंकले घटेको छ भने जलविद्युत समूहको सर्वाधिक ७९ अंकले बढेको छ ।  

सेयर मूल्य १० प्रतिशतले बढ्नेमा सिनर्जी पावर, कालिका पावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर र ग्रीन लाइफ हाइड्रो रहेका छन् ।

आज अधिकांश जलविद्युत कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । नेशनल हाइड्रोपावरको सर्वाधिक ३६ करोड रुपैयाँको सेयर कारोबार हुँदा युनाइटेड मोदी हाइड्रोको ३५ करोड, सिनर्जी पावरको ३२ करोड, ङादी ग्रुपको ३० करोड र युनिभर्सल पावरको २९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।