१५ साउन/अर्थ र व्याापार– धितोपत्र बोर्डले तीन कम्पनीलाई एक अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न अनुमति दिएको छ ।
बोर्डले सहास उर्जा कम्पनीलाई जारी पूँजीको ३० प्रतिशत बराबरको १ करोड ५ लाख कित्ता शेयर बिक्री गर्न अनुमति दिएको छ। शेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
न्यादी हाइड्रोपावरलाई जारी पूँजीको २७ प्रतिशत बराबरको ४० लाख ५० हजार कित्ता शेयर बिक्री गर्न अनुमति दिएको छ । शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
त्यसैगरी, बुद्दभुमी हाइड्रोपावर कम्पनीलाई जारी पूँजीको ३० प्रतिशत बराबरको १२ लाख कित्ता शेयर बिक्रीको अनुमति दिएको हो । शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
न्यादी हाइड्रोपावरले साउन ११ गते र सहास उर्जा तथा बुद्दभुमी हाइड्रोपावरलाई साउन १४ गते शेयर बिक्री गर्न अनुमति पाएको हो ।
तीनवटै कम्पनीले स्थानीय र सर्वसाधारणका लागि सो परिमाणको शेयर बिक्रीको अनुमति पाएका हुन् । यससँगै अबको दुई महिनाभित्रमा यी कम्पनीले स्थानीयलाई शेयर बिक्री खुला गर्नेछन् ।
तपाईको प्रतिक्रिया