१४ साउन/अर्थ र व्यापार– इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न असार १७ गते निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्नका लागि कम्पनीले दिएको निवेदनमा आवश्यक विवरण नपुगेको भन्दै पाइपलाइनबाट हटाइएको थियो ।
कम्पनीले पुनः आवश्यक विवरणहरु बुझाएपछि धितोपत्र बोर्डले पाइपलाइनमा राखेको छ ।
तपाईको प्रतिक्रिया