१२ साउन/अर्थ र व्यापार– नेपाल स्कट एक्सचेन्चले गत आर्थिक वर्षमा १४ खर्ब ६० अर्ब बराबरको शेयर कारोबार भएको जनाएको छ ।
गत आव २०७७/०७८ मा कारोबार कुल १४ खर्ब ६० अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको हो। अघिल्लो आवमा भने १ खर्ब ५५ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको थियो ।
गत आवमा कारोबार शेयर संख्या ३८ करोड ७५ लाख ६ हजार रहेको छ । नेप्सेका अनुसार सूचीकृत शेयर संख्या ५ अर्ब ८२ करोड ६० लाख ४८ हजार रहेको छ । बजार पूँजीकरण ४० खर्ब १० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । सूचीकृत कम्पनीको संख्या २१२ बाट २२० पुगेको छ ।
गत आवमा शेयर लगानीकर्ता तथा अनलाईन प्रयोगकर्ताको संख्या समेत बढेको छ । गत आवमा लगानीकर्ताको संख्या ८ लाख ७७ हजार २०३ रहेको छ । भने अनलाईन प्रयोगकर्ताको संख्या ७ लाख ९१ हजार ९९३ रहेको छ ।
तपाईको प्रतिक्रिया