logo

सोमबार सेयर वजारमा ८ अंकको करेक्सन, १४ अर्ब १४ करोड रुपैयाँको कारोबार 

    1194   पटक पढिएको

११ साउन/अर्थ र व्यापार– सोमबार सेयर बजार ८.२४ अंकले घटेर ३०५०.४२ बिन्दुमा ओर्लिएको छ ।

८.२४ अंकले घटेको बजारमा सोमवार रू. १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार बराबरको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२३ ओटा कम्पनीको १ लाख ३७ हजार २४२ पटकको व्यापारमा भएको हो।

सोमबार ङादी ग्रुपको सर्वाधिक ३९ करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ भने पहिलोपटक ६ हजार रुपैयाँ माथि मूल्य पुगेको हिमालयन डिष्टिलरीको ३३ करोड ५६ लाख रुपैयँको कारोबार भएको छ ।

एनआइसी एसिया बैंकको ३३ करोड ४१ लाख रुपैयाँ, कृषि विकास बैंकको ३२ करोड ८६ लाख रुपैयाँ  र नेपाल बैंकको ३२ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सोमबार सेयर मुल्य बढ्नेमा रिडी हाइड्रोपावर, जानकी पाइनान्स, माउन्टेन हाइड्रो, बिशाल बजार कम्पनी, ग्रीन लाइफ हाइड्रोपावर, ङादी ग्रुप हिमालयन ऊर्जा विकासको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सनराइज बैंक, लक्ष्मी बैंक, पोखरा फाइनान्सलगायतका कम्पनीको सेयर मूल्य ३/३ प्रतिशतले घटेको छ ।

जलविद्युत उपसमूह सर्वाधिक १०२ अंकले बढ्दा लघुवित्त समूह ९८ अंक, उत्पादन समूह ८४ अंक र जीवन बीमा समूह ६८ अंकले बढेका छन्। फाइनान्स ६५ अंकले बढ्दा व्यापार समूह समेत ५५ अंकले बढेको छ ।

सोमबार बैंकिङ उपसमूह सबैभन्दा धेरै ४३ अंकले घटेको छ । विकास बैंक ३४ अंक र अन्य समूह १० अंकले घटेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।