११ साउन/अर्थ र व्यापार– मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूह अन्तर्गतको १२ हजार ५८७ कित्ता शेयर बिक्री गरिने भएको छ । उक्त शेयरको प्रति कित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ।
संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । प्रति कित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ।
उक्त शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले साउन १४ गते देखि भदौ ८ गते सम्ममा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
तपाईको प्रतिक्रिया