७ साउन/अर्थ र व्यापार– साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बिहीबार १८.६७ अंकले बढेर ३ हजार ०४.३३ अंकमा पुगेको छ ।
बजारमा ११ अर्ब ११ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बिहिवार कुल २२२ कम्पनीको ५ करोड ५९ लाख ६४ हजार कित्ता सेयर कारोबार भएको छ । आज कुल १ लाख १४ हजार ७७२ वटा कारोबार भएको छ ।
बैंकिङ समूह ३५ अंक, फाइनान्स ३८ अंक र निर्जीवन बीमा समूह पनि ३८ अंकले बढेका छन् । व्यापार समूह सर्वाधिक ८२ अंकले घट्दा जीवन बीमा समूह ३८ अंकले घटेको छ ।
सिइडिबी हाइड्रोपावर, ङादी ग्रुप, पोखरा फाइानान्स र माउन्टेन हाइड्रोको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
आज ६ कम्पनीको मूल्य स्थिर रहँदा ८६ कम्पनीको मूल्य घटेको छ । ९१ कम्पनीको सेयर मूल्य बढेको छ । हिमालयन पावर पार्टनर र बरुण हाइड्रोको सेयर मूल्य ३÷४ प्रतिशतले घटेको छ ।
तपाईको प्रतिक्रिया