७ साउन/अर्थ र व्यापार– केन्द्रीय कार्यलय बर्दिबास महोत्तरी रहेको आर्दश लघुवित्त वित्तीय संस्थाले रू. ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
आईपीओ निष्कासनका लागि कम्पनीले विक्री प्रबन्धकमा बीओके क्यापिटललाई नियुक्त गरेको छ । यस सम्बन्धमा आदर्श लघुवित्त र बीओके क्यापिटल बीच बुुधवार सम्झौता भएको हो ।
कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूूर्ण कार्य गर्ने जिम्मा पनि बीओके क्यापिटललाई नियुक्त गरेको आर्दश लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।
आवश्यक प्रक्रिया पूरा गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि कम्पनीले आईपीओ जारी गर्नेछ ।
तपाईको प्रतिक्रिया